संक्षिप्त परिचय

मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको दक्षिण पश्चिम कुनामा स्थित बलरा नगरपालिका पुर्णतः ग्रामीण क्षेत्र हो । लगभग ४८.५५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका पश्चिममा प्रसिद् नदी बागमती र मनुसमारा तथा रौतहट जिलाको सिमानास‌ग जोडिएको छ भने पूर्वमा सर्लाही जिल्लाकै गोडैता नगरपालिका,उत्तरमा रामनगर गाँउपालिका र दक्षिणमा नेपाल भारतको अन्तराष्ट्रिय सिमाना रहेको छ । जिल्ला सदरमुकाम मलंगवाबाट लगभग २० कि.मि. दक्षिण पश्चिममा रहेको यस नगरपालिकाको २०७८ को जनगणनाको आधारमा कुल जनसंख्या ४७९१२ रहेकोछ जस मध्ये २४७७१ पुरुष तथा २३१४१ महिलाको रहेकोछ । पुरुष ५१.७ प्रतिशत र महिला ४८.३ प्रतिशत छन । परिवार संख्या ८६२२ रहेको एवं वार्षिक जनसंख्या वृद्धि ०.५६ छ भन्ने जनधनत्व ९८६.९ वर्ग कि.मि.रहेकोछ । यस नगरपालिकाका साक्षरता प्रतिशत ५४.५ रहेकोमा पुरुष साक्षरता ६२.२ प्रतिशत तथा महिला साक्षरता ४६.२ प्रतिशत रहेकोछ । बलरा नगरपालिकाको अक्षांश २६.७७२११‌”  वा २६ ४६ २०”  उत्तर र देशान्तर ८५.३७४०७” वा ८५ २२ २७ ” पुर्व र यसको सतह समुन्द्रको सतह देखि ७७ मीटर माथि रहेकोछ । बलरा नगरपालिकाको बडानुसार नक्सा निम्नानुसारको छ । 

स्थापना: २०७३
जम्मा वडा: ११
समावेस भएका वडाहरु २०७३ अनुसार  -  हथिऔल–१, हथिऔल–२,बलरा–३, बलरा–४,अर्नाहा,मिर्जापुर, डुमरिया,गडहिया,अचलगढ,सुदामा,छताैना,